Home मुख्य हामीलाई एआई जस्तो वाईसिएल चाहिएको छ : दीपशिखा

हामीलाई एआई जस्तो वाईसिएल चाहिएको छ : दीपशिखा

106
0
Google search engine

काठमाडौं जेठ  १८ ! योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै  वाईसिएल इन्चार्ज तथा नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ले संगठनलाई नयाँ ढंगले पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले वर्तमान सामाजिक–राजनीतिक परिप्रेक्ष्यमा युवाहरुको प्रतिनिधित्व र सहभागिता अझ सशक्त र विचारप्रधान बनाउनु पर्नेमा जोड दिए।

सापकोटाले विदेशिएका युवाहरुको पीडा स्मरण गर्दै भने, “केही पेट पाल्न खाडीमा छौं, केही जीवन धान्न सडकमा छौं। विदेशिएका युवाहरुको मुद्दामा बहस गर्न जरुरी छ।”

उनका अनुसार, वाईसिएल केवल गेटमा बसेर सुरक्षा दिने वा पानी खुवाउने सिमित भूमिका नभई संसद भवनसम्म पुग्ने र मन्त्री बन्ने हैसियतको संगठन बन्नुपर्छ।

उनले हालको नेतृत्वप्रति आंशिक असन्तुष्टि जनाउँदै भने, “अध्यक्षको फोटो जलायो भने वाईसिएल कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको छ।” साथै, संगठनभित्र अनुशासन र विचारको स्पष्टता जरुरी रहेको उनको धारणा थियो।

“आज हामीलाई एआई (कृत्रिम बुद्धिमत्ता) जस्तो सजग, सक्रिय र तिखो वाईसिएल चाहिएको छ,” उनले भने, “२०६४ को  युगको जस्तो वाईसिएल चाहिएको छ।” उनले वाईसिएलले अब कमरेडहरूमाझ एकता स्थापित गर्न भूमिका खेल्नुपर्ने बताए।

उनले वर्तमान पार्टी नेतृत्वको उमेरलाई स्मरण गर्दै जोड दिए, “प्रचण्डले ३५–३६ वर्षको उमेरमा पार्टीको नेतृत्व सम्हालेका थिए। अब हामी पनि नेतृत्व गर्न तयार हुनुपर्छ।”

अन्त्यमा सापकोटाले विचार, राजनीति र संगठनको अन्तरदृष्टिमा गहिरो बहस आवश्यक रहेको बताए। उनले वाईसिएललाई बहस, विचार र नेतृत्वको वैचारिक अखडा बनाउनु पर्ने बताए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here