Home मुख्य सोमबारदेखि देशव्यापी अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

सोमबारदेखि देशव्यापी अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

57
0
Google search engine

काठमाडौं, जेठ १९ !  गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नयाँ नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ २०)देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक सवारीसाधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरिएको हो। उनका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह सञ्चालन गर्न दिने गण्डकी प्रदेश सरकारको निर्णय सार्वजनिक यातायात प्रणाली र श्रमिकहरूको हितविपरीत भएकाले उक्त नियमावली तत्काल खारेज गर्न माग गरिएको छ।

राईका अनुसार सम्बन्धित निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो। “सरकारले चासो नदिएकाले हामी सार्वजनिक सवारीसाधनलाई ग्यारेजमै थन्क्याएर विरोध जनाउँदैछौं,” उनले बताए।

संघर्ष समितिले सार्वजनिक यातायात प्रणालीको संरक्षणका लागि सबै पक्ष, सरोकारवाला निकाय तथा आम नागरिकलाई आन्दोलनमा सक्दो सहयोग गर्न आग्रह गरेको छ।

यातायात बन्दका कारण दैनिक यात्रुहरू, विद्यार्थी, कर्मचारी र व्यावसायिक क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here