काठमाडौं, जेठ २० ! विभिन्न माग राख्दै आन्दोलनमा रहेका यातायात व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। सरकारसँगको पटक–पटकको वार्तापछि सहमति बनेसँगै व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्ने घोषणा गरेका हुन्।
यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि देशभर सार्वजनिक यातायात प्रभावित भएको थियो। यात्रुहरू समस्यामा परेका थिए भने यातायात क्षेत्रको सेवा ठप्पजस्तै भएको थियो। साथै राइड सेयरिङको कानूनको विषयमा एक महिना भित्र हल निकाल्ने प्रतिबद्धता जनाएको छ।
यातायात व्यवसायीहरूका अनुसार सरकारले मागका विषयमा सकारात्मक प्रतिबद्धता जनाएपछि र एक महिनाको अवधिमा माग पूरा गर्ने प्रतवद्धता पाए पछि आन्दोलन स्थगन गर्ने निर्णय लिइएको हो।
अब भोलिदेखि देशभरका सार्वजनिक यातायातका गाडीहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्। सरकारले व्यवसायीहरूका जायज माग सम्बोधन गर्दै भविष्यमा यस्ता समस्या नदोहोर्याउने प्रतिबद्धता पनि जनाएको छ।
यातायात व्यवस्था विभागले पनि सबै क्षेत्रका सवारीसाधनलाई तोकिएको नियम अनुसार सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।