Home खेलकुद बेंगलुरुमा RCB को विजय उत्सवमा भागदौड, ११ को मृत्यु, ४० जना घाइते

बेंगलुरुमा RCB को विजय उत्सवमा भागदौड, ११ को मृत्यु, ४० जना घाइते

48
0
Google search engine

बेंगलुरु – २१ जेठ ! आइपिएलको पहिलो उपाधि जितेपछि रोयल च्यालेन्जर बेंगलुरुले आयोजना गरेको विजय उत्सवमा जमघट भएका हजारौं समर्थकहरूबीच भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार, बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम वरिपरि विजय उत्सवको लागि भिड जम्मा भएको थियो। स्टेडियममा प्रवेश गर्न खोज्दा सुरक्षा व्यवस्था कमजोर भएकाले अचानक भागदौड सुरु भएको हो। भीडको च्याप्पाहटमा परेर धेरैजना जमीनमा ढलेका थिए।

घाइतेहरूलाई तत्काल उद्धार गरी बेंगलुरुका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

कर्नाटक राज्य सरकार र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले घटनाको छानबिन गर्न समिति गठन गर्ने बताएका छन्।

यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री सिद्धारमैया, तथा अन्य नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल राहत र उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आयोजकहरू भीड व्यवस्थापनमा असफल भएका थिए। टिकेटबिना हजारौं मानिस प्रवेश गर्न खोज्दा अवस्था नियन्त्रण बाहिर गएको जनाइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here