Home समाचार वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि हातपात

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि हातपात

82
0
Google search engine

काठमाडौं जेठ २३ ! वरिष्ठ अधिवक्ता शम्भु थापाले एक पत्रकारमाथि हातपात गरेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट फर्कने क्रममा फोटो खिचिरहेका पत्रकारलाई उनले शारीरिक दुर्व्यवहार गरेका हुन्।

थापा पार्टी कार्यालयमा भएको बैठकमा सहभागी भई फर्किँदै गर्दा पत्रकारले तस्बिर खिच्न खोजे। सोही क्रममा उनले के का लागि फोटो खिच्ने भन्दै अचानक आक्रोशित हुँदै पत्रकारमाथि हातपातमा उत्रिएका थिए।

पत्रकारले भने, “मैले केवल आफ्नो पेशागत कर्तव्य अनुसार तस्बिर खिच्न खोजेको थिएँ, तर उहाँ (शम्भु थापा) ले मलाई दुर्व्यवहार गर्नुभयो र हातले पनि छोर्नुभयो।”

घटनापछि संचारकर्मीहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको सवाल पुनः उठेको छ। यस घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। पत्रकार महासंघका एक पदाधिकारीले भने, “प्रेस स्वतन्त्रतामाथि यस्तो हमला कुनै पनि हालतमा स्वीकार्य छैन।”

वरिष्ठ अधिवक्ता थापाले भने अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। घटनासम्बन्धी थप जानकारी लिने प्रयास भइरहेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here