Home समाचार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

110
0
Google search engine

ललितपुर, जेठ २२ ! युवा जागरण पर्यावरणीय मञ्च (YAEF), पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज र इको मिडिया एक्सनको संयुक्त आयोजनामा आज विश्व वातावरण दिवस २०८२ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

“प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नारालाई आत्मसात गर्दै विगत २०५५ सालदेखि निरन्तर रुपमा पर्यावरणीय सचेतना फैलाउँदै आएको मञ्चले यस वर्ष पनि विविध कार्यक्रममार्फत वातावरण दिवस मनाएको हो।

कार्यक्रममा पर्यावरण टेलिभिजनका प्रबन्ध निर्देशक कृष्णहरि महर्जनको अगुवाइमा मञ्चका केन्द्रीय पदाधिकारी, सञ्चारकर्मी तथा वातावरणप्रेमीहरुको सहभागिता रहेको थियो। सहभागीहरूले फलफूलका विभिन्न बिरुवाहरू रोपेर वातावरणप्रतिको जिम्मेवारी निर्वाह गरेका छन्।

कार्यक्रममा सुन्तला, स्याउ, आरु, आरुबखडा, मुन्तला, भोगटे, हलुवाबेद, तेजपात, अनार, अंगूर, अम्बा, केरा, छोगडा, सुपारी लगायतका फलफूलका बिरुवाहरू रोपिएका थिए।

उक्त वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

स्मरण रहोस्, मञ्चका संस्थापक अध्यक्ष स्वर्गीय वातावरणविद् डा. अष्टमान किसि महर्जनले वातावरण संरक्षणमा चालेका महत्वपूर्ण पाइलालाई निरन्तरता दिँदै यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here