Home अर्थ बजार नेप्से सूचक ०.२२ अंकले घट्यो

नेप्से सूचक ०.२२ अंकले घट्यो

361
0

काठमाडौं असार १०। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार सामान्य अंकले घटेर २६००.५३ बिन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि सकारात्मक देखिएको सूचक अन्तिम समयमा ०.२२ अंकले झरेको हो।

नेप्से सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। सोमबारको तुलनामा कारोबार कमजोर रहँदा लगानीकर्ताको मनोबलमा असर देखिएको छ। अमेरिका, इजरायल र इरानबीचको युद्ध उत्कर्षमा पुगेसँगै त्यसको मनोवैज्ञानिक असर नेपाली लगानीकर्तामा देखिएको हो।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक हुन बाँकी रहँदा लगानीकर्ताले बजारमा सुधारको अपेक्षा गरेका थिए। नेपाल राष्ट्र बैंकले कर्जासम्बन्धी नीतिमा केही सहजता ल्याएपछि आशा पलाएको थियो, तर त्यो उत्साह मंगलबार टिक्न सकेन।

दिनको अन्त्यसम्म ३१६ कम्पनीको ६२ हजारभन्दा बढी कारोबारबाट १ करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। सबैभन्दा बढी कारोबार बुटवल पावर कम्पनीको भएको हो।

मंगलबार १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १४२ कम्पनीको घटेको छ। ओम मेगाश्री फर्मास्युटिकल कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतले वृद्धि भएको छ।

समूहगत परिसूचक हेर्दा बैंकिङ (५.९३), लगानी (०.२९), उत्पादनमूलक (२९.५७), लघुवित्त (८.९७) र सामूहिक लगानी कोष समूह (०.०५) अंकले उकालो लागेका छन्।

तर विकास बैंक (२२.२४), वित्त (१७.४६), होटल (६६.९९), जलविद्युत् (१५.६८), जीवन बीमा (१५.३६), निर्जीवन बीमा (३७.८८), अन्य (२.५२) र व्यापार समूह (४.०६) अंकले ओरालो लागेको नेप्सेले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here