Home अन्तर्राष्ट्रिय युक्रेनमा रुसी आक्रमण : दुई बालबालिकासहित २१ जनाको मृत्यु

युक्रेनमा रुसी आक्रमण : दुई बालबालिकासहित २१ जनाको मृत्यु

355
0

काठमाडौं भदौ १३ ! पछिल्लो २४ घण्टामा युक्रेनमा भएको भीषण रुसी आक्रमणमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार, आक्रमणमा आवासीय घर, सार्वजनिक भवन र पूर्वाधारहरू लक्षित गरिएको थियो। उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइते र मृतकलाई निकाल्ने कार्य जारी राखेका छन्। अझै पनि धेरै मानिसहरू भग्नावशेषभित्र फसेको आशंका गरिएको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणलाई “मानवता विरुद्धको अपराध” को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई रूसमाथि थप दबाब सिर्जना गर्न आग्रह गरेका छन्। उनले निर्दोष नागरिकहरूलाई लक्ष्य बनाइरहेको भन्दै तत्कालीन कदम चाँडै चाल्नुपर्ने बताएका छन्।

यसैबीच, आक्रमणको तीव्रताले पूर्वी र दक्षिणी युक्रेनका सहरहरूमा जनजीवन थप त्रासपूर्ण बनेको बताइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here