Home मुख्य प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुईपक्षीय भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुईपक्षीय भेटवार्ता

443
0

चीन, भदौ १४ ! शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ।

आज अपराह्न चीनको थियानजिनस्थित अतिथिगृहमा सम्पन्न भेटवार्तामा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको छ। भेटवार्तापूर्व राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो।

उक्त भेटलाई नेपाल–चीनबीच आपसी हितका मुद्दामा सहयोग र साझेदारीलाई थप मजबुत पार्ने अवसरका रूपमा हेरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here