Home समाचार ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा २२ वर्षीय युवक पक्राउ

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा २२ वर्षीय युवक पक्राउ

36
0
Screenshot

दाङ, तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–बस्ने २२ वर्षीय चुडामणि डाँगीलाई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

घटना सम्बन्धमा पीडित परिवारको उजुरीपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले पीडितको गोपनीयता संरक्षण गर्दै घटनाको संवेदनशीलताका साथ अनुसन्धान जारी राखेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here