काठमाडौं। अमेरिकाले शुक्रबार इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय रडार साइटहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौताको उल्लंघन गर्दै होर्मुज जलडमरूमध्यमा एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। त्यसको जवाफस्वरूप सीमित सैन्य कारबाही गरिएको उनले बताएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (CENTCOM) ले आक्रमणमा मिसाइल र ड्रोन क्षमतासँग सम्बन्धित पूर्वाधार तथा तटीय रडार प्रणालीलाई निशाना बनाइएको जनाएको छ। घटनापछि मध्यपूर्वमा फेरि तनाव बढ्ने चिन्ता व्यक्त गरिएको छ।










