Home समाचार लायन्स क्लबको १०औँ वार्षिकोत्सव सम्पन्न, सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

लायन्स क्लबको १०औँ वार्षिकोत्सव सम्पन्न, सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

9
0

काठमाडौं। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नेपालयको १०औँ वार्षिकोत्सव विभिन्न सेवामूलक गतिविधि र विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर तारा भुसाल, मल्टिपल डिष्ट्रिक्ट (MD) GMT Coordinator लायन मणिश्री रत्न बज्राचार्य, द्वितीय उप-डिष्ट्रिक्ट गभर्नर मन कृष्ण श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर सुमन भट्ट लगायत लायन्सका पदाधिकारी, सदस्य तथा अतिथिहरूको सहभागिता रहेको थियो।

Our Community, Our Responsibility” भन्ने मूल सन्देशअनुसार समुदायको आवश्यकता पहिचान गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नु लायन्स क्लबको प्रमुख उद्देश्य रहेको वक्ताहरूले बताएका छन्।

कार्यक्रममा क्लबले विगत १० वर्षमा सञ्चालन गरेका रक्तदान, वृक्षारोपण, विद्यालय सहयोग, खाद्यान्न वितरण तथा वातावरण संरक्षण लगायतका सामाजिक सेवामूलक गतिविधिबारे जानकारी दिइएको थियो। वक्ताहरूले समाज परिवर्तनका लागि लायन्स क्लबले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।

यस अवसरमा क्लबका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एलको चिफ एडभाइजर सुधीर शर्मा र लायन्स क्लब अफ काठमाडौं नेपालयका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट जोन चेयरपर्सन लायन भुवन श्रेष्ठलाई लायन्स अभियान तथा सामाजिक सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। कार्यक्रममा लायन भुवन श्रेष्ठले समुदायको हितलाई केन्द्रमा राखेर निःस्वार्थ सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै लायन्स सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए

यस वर्ष लायन्स क्लब इन्टरनेसनलको “Rooted by Service” भन्ने नारालाई आत्मसात गर्दै समुदायमुखी सेवाका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here