काठमाडौँ जेठ ३० l गण्डकी प्रदेश प्रमुख पदमा चलिरहेको रस्साकस्सि टुंगिएको छ l नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बिजयी भएसंगै टुंगिएको हो l प्रदेश प्रमुख सितादेवी पौडेलले बहुमतको पत्र र संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख नियुक्ति गरिसकेकी छिन l
केन्द्रमा ओली प्यानलमा रहेपनि प्रदेश संसद विगठन गर्ने लयबाट पृथ्वी सुब्बा गुरुङ भने व्याक भएका छन् l राजनीतिमा नैतिकता हराएको बेला आफ्नो दाबी नगरी छाडेका उनले छाड्दा छाड्दै एउटा नैतिक शिक्षा ओलीकै छातामा बसेर ओलीलाई सिकाएका छन् l ओलीले आफ्नो नैतिक शिक्षा पटक्कै देख्दैनन आलोचनामा मात्र तिखो व्यंग गर्ने राजनीतिका कलाकार भनेर सायदैले नचिनेका होलान l नेपाली राजनीतिका चातुर खेलाडी ओली राजनीतिक तिकडम राम्रो ज्ञान हासिल गरेका मानिन्छन तर गुरुङ भने उनको तिकडम उपयोग नगरी आफ्नो नैतिकता जोगाउने प्रयासमा लागे र यस पटक उनले पाठ सिकाय l नेपालका धेरैजसो नेतामा नैतिक शिक्षा हराएको अवस्थामा एती सम्म गर्नु पनि नेपाली जनताको लागि र गुरुङका इमान्दार भोटरको लागि सुन्न लायक नै मानिन्छ l
लमजुङ क्षेत्र नं का प्रत्यक्ष निर्वाचित प्रदेश संसद गुरुङ आफ्नो कुशलता र इमानलाई जोगाउन सफल नेता मानिन्छन l प्रदेश प्रमुख निवास छाड्ने क्रममा प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङले बताएका थिए । सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी समेत गरेका थिए l जनता झुक्क्याउने नेताहरुको बीचमा उनले देखाएको सबलता देशकै लागि उदाहरण बन्न सक्नुपर्थ्यो l तर बिडम्बना नेताहरुमा नैतिक धरातल सकिएको जस्तै गरि आपसी गाली गलौचमा उत्रिन्छन l आफु ढलेको सिन्को नउठाउने र अरुले गरेको कामको प्रसंसा गर्न पनि गर्न नसक्ने पुराना देखि नया नेतासम्मले देशको भविष्य कहाँ सम्म पुर्याउने हुन् त्यो भने हेर्न बाकी छ l