बिपद ब्यबस्थापनमा जुटन संगठनहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिको निर्देशन !

राजनीति

काठमाण्डौ असार २। माओवादी केन्द्रको भातृ संस्था वाइसिएल नेपाल केन्द्रीय समितिको विज्ञप्तिमा मातहत संगठन संरचनाहरुलाई बिपद ब्यबस्थापनमा जुटन वाइसिएल नेपाल केन्द्रीय समितिले निर्देशन दिएको छ ।
केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वाईसीयल अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पाली द्वारा हस्ताक्षरीत जारी विज्ञप्तिमा भनिएको छ “मनाङ्, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ्, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य छैन ।गएराति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आएको बाढीले पुर्याएको जनधनको क्षति झन अकल्पनिय छ । हाम्रो संगठन प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका मृतकहरुमा हार्दीक श्रदान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा संमवेदना व्यक्त गर्दै यो दुखको घडिमा साथै उभिने प्रण गर्दछ ।
हाम्रो संगठन यो विपत्तिको घडिमा स्थानीय तहसम्मका सबै कमिटिहरुलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा मासिहरुलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देशन गर्दछ । साथै प्रशासनिक निकाय, सामाजिक संघसस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन समेत आव्हान गर्दछ ।
पुर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्युनिकरणको काम तत्काल सुरु गर्न माग गर्दछ । “

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =