जसपा विभाजन हुने पक्का

मुख्य

काठमाडौं असार २२। जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का जस्तै भएको छ l निर्वाचन आयोगद्वारा आज बोलाएको छुट्टाछुट्टै छलफलमा दुवै अध्यक्षको छुट्टिने मनसाय भएको बुझिएको निर्वाचन आयोगले बताएको छ l यो संगै महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ l

आधिकारिकता प्रस्तुत गर्ने दुवै पक्षका तर्फबाट उपस्थिति थियो जसमा उपेन्द्र यादव पक्षबाट उपेन्द्र यादब , महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह को उपस्थिति सहित आज निर्वाचन आयोगमा पुगेका थिए भने अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको कारण सँगै बस्न नसक्ने बताएका थिए ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =