मनकामना लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ बजार

काठमाडौँ असार २१ l असार १७ गतेदेखि असार २१ गतेसम्म खुलेको प्रतिकित्ता १०० अंकित मूल्यको ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो l

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ मध्य ३२.११ प्रतिशतले हुने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो।

लघुवित्तले जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागी र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागी र सर्वसाधारणको लागी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता आवेदन दिन सक्ने जनाएको थियो ।

न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि इच्छुक लगानीकर्ताले आवेदन दिन सक्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको थियो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 3