पूँजीगत खर्चमा तीब्रता कायम गर्न अर्थमन्त्री शर्माको परामर्श

अर्थ बजार मुख्य

काठमाण्डौ साउन ६ ! अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पुंजीगत खर्चमा तिब्रता प्रदान गरि समग्र विकासलाई परिणाममुखी बनाउन विभिन्न तह र तप्कामा छलफल भएको बताउनुभएको छ ।

बजेट कार्यान्वयनमा जोड दिनका लागि पुर्वाधार तथा विकास निर्माणसंग सम्बन्धित भौतिक, शहरी, उर्जा, खानेपानी र संघीय मामिला लगायतका मन्त्रालयका सचिव, महानिर्देशक ज्यु लगायतका पदाधिकारीसंग छलफल भएको बताउनुभएको हो ।

उज्यालो नेपाल अभियानका अभियन्ता शर्मा पूर्व सफल उर्जामन्त्री हुनुहुन्छ । उहाँ उर्जामन्त्री रहदा विधुत प्राधिकरणको निर्देशकमा कुलमान घीसिंगलाई नियुक्ति गरी लोडशेडिंग मुक्त देश निर्माण गर्न महत्वपुर्ण भूमिका रहेको थियो । उहासंग अन्य मन्त्रालय समालेको अनुभव समेत रहेको छ ।

यस अघि अर्थमन्त्री शर्माले अर्थतन्त्रको बास्तविकता बारे स्वेत पत्र जारी गर्ने जानकारी दिईसक्नु भएको छ भने पूँजी बजारलाई सर्वसाधारणको पहुंचमा लैजाने योजना रहेको बताउनुभएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

55 − = 49