सानिमा लाइफ इन्सुरेन्सले ल्यायो आईपीओ

अर्थ बजार समाचार
काठमाडौं साउन २० ! सानिमा लाइफ इन्सुरेन्सले बुधबारबाट (साउन २० गते) देखि आइपीओ  बिक्री खुल्ला गर्ने भएको छ ।  यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर अर्थात ५% र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको कम्पनी ले जनाएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

यस कम्पनिको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्ति गरिएको छ । सर्वसाधारणको लागी साउन २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले बताएको छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सानिमा लाइफलाई ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । केयरले गत चैत ९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ८ गतेसम्म बाहल रहनेछ ।
कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

62 + = 65