काठमाण्डौ l फिल्मी क्षेत्रमा लागेका कलाकारहरु पर्खाईसंगै प्रश्न, कोरोनाको कहरबाट लामो समय देखि प्रभावित फिल्मी क्षेत्र कहिले देखि सामान्य होला ? फिल्म हेर्ने र मनोरन्जन लिन चाहनेहरुको लागी पट्यारलाग्दो बन्दै गएको छ l हुनत बिश्व नै कोरोनाबाट प्रभावित छ l तर अरु क्षेत्रको तुलनामा सबैभन्दा फिल्म क्षेत्र प्रभावित भएको देखिन्छ l सार्वनिक सवारी पुनः सन्चालनमा आउने कुनै पनि सुइँको समेत छैन l मानिसहरु घर भित्रै थुनिएर बसेको अवस्थामा छ l के गर्दै छन् फिलिम क्षेत्रका हिरोइन, हिरो, निर्माता, निर्देशक ? नेपालमा हाल १ सय ९३ वटास्क्रिन सन्चालनमा रहेका छन् l सबै पूर्ण रुपमा बन्द रहेको छ l चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन फिल्म क्षेत्र अत्यन्तै नाजुक अवस्थामा पुग्न थालिसकेको छ l सरकारी ईस्तरबाट सहयोग को अपेक्षा गरिएको छ l तर सरकारले कुनै पनि रुपमा नसमेटेको बताए l लामो समय देखि घरमै बसेका कलाकारहरुहरुको रोजीरोटी सम्म गुम्ने देखिएको दाहाल बताउछन् l
मनोरंजन जगतको अत्यन्तै महत्वपूर्ण मानिएको फिल्म क्षेत्र लगायतका जमेका बाहेक अन्य सामान्य कलाकारहरु बिस्तारै पलायन हुनसक्ने अनुमान लगाउन सकिन्छ l यसले समग्र अर्थतन्त्र र मनोरञ्जन दुबैलाई असर गर्छ l आशा गरौ छिटै कोरोना कहर सकिनेछ र पुनः मनोरञ्जनका साथ फर्किनेछौ l