काठमाडौँ भदौ १ ! देउवा सरकार अर्थात् सत्तारुढ गठबन्धन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ l माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले विभाजन गर्ने उदेश्य सहित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको हो l शान्ति प्रक्रियासँग जोडिएका केही अध्यादेशमा छलफल आवश्यक रहेको भन्दै कानुनमन्त्री कार्कीले सोमबार प्रमुख सचेतकहरूसँग छलफल गर्ने कार्यक्रम राखेका थिए । सत्ताघटक शीर्ष नेताहरूको छलफलपछि प्रतिनिधिसभा बैठक हतारमा अन्त्य गरिएको थियो त्यसकारण दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भएको बुझिएको हो l
दल बिभाजनको संकट ओलीमा
एमाले अध्यक्ष ओली अहिले संकटमा पर्नुभएको छ l हरेक पटक धम्कीपूर्ण भाषामा थर्काउने ओली आज फेरी दल बिभाजन अध्यादेश ल्याए क्षम्य नहुने अभिव्यक्ति दिन थल्नुभयेओ छ l हिजो ओलीले मधेस केन्द्रित दल बिभाजन गर्न दल बिभाजन अध्यादेश ल्याउने प्रक्रिया अगाडी बढाउनुभएको थियो तर तत्कालिन नेकपाका नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल नमाने पछी उक्त बिधेयक संसदमा पेस नभएको दृस्टान्त सबै जनतालाई थाहा नभएको भने पक्कै होइन l ओलीले मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएपछि प्रचण्डलगायत पूर्व माओवादी नेताहरु अचम्ममा त परेका थिए l प्रचण्डले ओलीको यो कदमलाई लोकतन्त्रबिरुद्धकै कदम भएको ठहर गर्नुभएको थियो l तत्कालिन सत्तारुढ नेकपाको विवाद विभाजनतर्फ अग्रसर भएको बेला तत्कालिन प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट दल बिभाजन सम्बन्धी अध्यादेश जारी गराएर प्रधानमन्त्री पद जोगाउन ओलीले आफ्नै पार्टी विभाजन गराउन चाहनुभएको थियो l नेकपा पार्टी बिभाजन गराएर भए पनि प्रधानमन्त्री नछोड्ने नीति तत्कालिन प्र. म. ओलीले लिनुभएको थियो l
अहिले उक्त संकट आफैमा फर्किएको छ l पार्टी फुटाएर भएपनि सत्तामा टिक्ने ओली प्रबृत्ति अहिले देउवा सरकारमा पनि देखिएको छ l जसले देश त अस्थिर हुने निश्चित छ l राजनीतिक पार्टीमा समेत नैतिकताको खडेरी उत्पन्न हुदै गएको देखिन्छ l