Home मुख्य कानुनभन्दा माथी रहेको वर्गले एमाले र कांग्रेसलाई मिलाएको : प्रधानमन्त्री प्रचण्ड दाबी

कानुनभन्दा माथी रहेको वर्गले एमाले र कांग्रेसलाई मिलाएको : प्रधानमन्त्री प्रचण्ड दाबी

267
0

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा कानुन भण्डा माथी रहेको वर्गले एमाले र कांग्रेसलाई मिलाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारको सुशासनबाट आत्तिएकाहरुले दुई दल मिलाएको बताएका हुन्।
यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले भिआइपी वर्ग सुरु भएर उनीहरूले सरकारी जग्गा लुटेपनि हुने, तस्करी गरेपनि हुने,कानुन मिचे पनि हुने अवस्था सृजना भएको बताएका हुन् l यसले आम जनतामा घृणा र आक्रोश बढाएर लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको टिप्पणी समेत गरेका थिए।

उनले भने “हिजो कानुन माथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्यसकारण पनि सरकार सफल भयो।त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’
हामीलाई केही चिन्ता छैन हामी हँसिला नै छौं । हामीलाई कुनै दुःख मनाउ छैन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here