भरतपुर, असार ३ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाका लागि दुई बुँदे सहमति गरिएको बताएका छन्।
मंगलबार भरतपुर–१४, शिवनगरस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त सहमति तत्कालीन राजनीतिक आवश्यकताबाट मात्र नभइ संविधान जोगाउन गरिएको बताए।
पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले देशको वर्तमान अवस्थाले संवैधानिक उपलब्धिलाई संकटमा पार्ने खतरालाई देखाउँदै सहमति गर्नुको मूल उद्देश्य संविधानको संरक्षण भएको स्पष्ट पारे।










