लोकप्रिय बन्दै ॐ समाज डेन्टल अस्पतालको चार दिने निःशुल्क दन्त शिविरमा ४७० जनालाई सेवा
लम्जुङ, साउन १२ ! “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको ॐ समाज डेन्टल अस्पताल, काठमाडौंले लम्जुङको दोर्दी गाउँपालिकामा सम्पन्न चार दिने निःशुल्क दन्त स्वास्थ्य शिविरमा ४७० जना स्थानीयलाई सेवा प्रदान गरेको छ। २०७८ साल साउन ७ देखि १० गतेसम्म दोर्दी गाउँपालिकाको आयोजनामा र Mutu Foundationको समन्वयमा सम्पन्न शिविरमा दैनिक ज्यालादारी मजदुर, कृषक, महिला, बालबालिका र...
बिश्नुदेवी शिक्षा सदनमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न
काठमाडौं साउन ७ ! चनपा–११, सतुङ्गलमा ९४४ जना विद्यार्थीले पाए सेवा चनपागाउँपालिका–११, सतुङ्गलस्थित बिश्नुदेवी शिक्षा सदन माध्यमिक विद्यालयमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। “सदनदेखि सडकसम्म” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। शिविरमा ९४४ जना विद्यार्थीहरूले दन्त परीक्षण गराएका थिए भने ४५...
नेप्से परिसूचक अलटाइम हाईको सङ्केत
नेप्से ८०.९७ अंकले उकालो, परिसूचक २९७३.७० विन्दुमा काठमाडौं साउन ७ ! शेयर बजारमा आज उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा पुगेको छ। बजार खुलेदेखि नै सकारात्मक संकेत देखिएको दिनको अन्त्यसम्ममा समग्र सूचकमा उल्लेख्य वृद्धि भएको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स पनि १४.४८ अंकले वृद्धि भएको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ५.५४ अंकले र सेन्सेटिभ फ्लोट...
हिन्दी फिल्म ‘सैयाँरा’को बक्स अफिसमा तहल्का
काठमाडौं, साउन ७ ! हिन्दी चलचित्र ‘सैयाँरा’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेका बेला भारतका वरिष्ठ फिल्म निर्माता सुबास घइले यस फिल्मको खुलेर प्रशंसा गरेका छन्। उनले यो फिल्मलाई "हिन्दी सिनेमा इतिहासको माइलस्टोन" भन्दै, ठूला स्टार वा बजेट नभए पनि भावनात्मक कथा, सही पात्र चयन र सशक्त निर्देशनले सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको प्रमाण भएको बताएका छन्। भावुक कथा, नयाँ...
शेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ, ठगी आरोपमा अनुसन्धान
काठमाडौं साउन ६ ! सोमबार शेयर बजारका कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। हाल अग्रवाल प्रहरी हिरासतमा छन्। प्रहरीले उनीमाथि के कस्तो आरोप लागेको हो भन्ने विषयमा विस्तृत जानकारी भने दिएको छैन। अनुसन्धान जारी रहेको बताउँदै, प्रहरीले थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ। शेयर बजारमा सक्रिय अग्रवालको नाम...
गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित
ललितपुर, गोदावरी ! २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्ने गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई विशेष सम्मान गरिएको छ। वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गर्दै ८ वटा विद्यालयका १८ जना उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मानित गरेको हो। सम्मानित हुने विद्यार्थीहरूमा किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, बसन्ती वि.क, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री...
भोजपुरको हेलौंछामा पारिवारिक हत्याकाण्ड : आरोपीले आफैंले दिए प्रहरीलाई खबर
भोजपुर, असार २२ ! भोजपुर नगरपालिका–२ हेलौंछामा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ। सासू, ससुरा, पत्नी र सालोको छुरा प्रहार गरी हत्या गरेको आरोप ३० वर्षीय राजेन्द्र राईमाथि लागेको छ। शनिवार राति घटेको यो दर्दनाक घटनापछि आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी "मैले चार जनाको हत्या गरेँ, मलाई पक्रिन आउनुहोस्" भन्दै आत्मसमर्पण शैलीमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय...
टियु मैदानमा प्याराफिटमा कुर्सी जडान कार्य सुरु
कीर्तिपुर, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्याराफिटमा कुर्सी जडानको काम सुरु गरिएको छ। नेपाली क्रिकेटको विकाससँगै बढ्दो दर्शक संख्यालाई मध्यनजर गर्दै कुर्सी जडान कार्य अगाडि बढाइएको हो। नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा भइरहेको यो कामले मैदानको सौन्दर्य बढाउनुका साथै दर्शकहरूको बस्न सहज वातावरण तयार गर्ने विश्वास लिइएको छ। प्रारम्भिक चरणमा पूर्व र पश्चिम प्याराफिटमा कुर्सी...
एलन मस्कद्वारा ‘अमेरिका पार्टी’को घोषणा, ट्रम्पसँगको सम्बन्ध चिसिएपछि नयाँ राजनीतिक यात्रा सुरु
एजेन्सी असार २२ ! केही हप्ताअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिएको चर्चा भइरहँदा, अर्बपति उद्यमी एलन मस्कले नयाँ राजनीतिक दल गठन गरेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) मार्फत ‘अमेरिका पार्टी’ स्थापनाको औपचारिक घोषणा गरेका हुन्। उनको यो कदमले अमेरिका भरि जरा गाडेर बसेका द्विदलीय राजनीतिक संरचना— रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूमा नयाँ चुनौती प्रस्तुत गर्ने देखिन्छ। मस्कले पार्टी...
अछामको मुजाबगरमा पहिरो, नेपाल प्रहरी र स्थानीय मिलेर सडक खुलाउने प्रयास
अछाम असार २० ! अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोशन गाउँपालिका–२ स्थित मुजाबगरको जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनापछि नेपाल प्रहरीले स्थानीय बासिन्दाहरूको सहयोगमा पहिरो हटाउने र सडक सुचारु गर्ने कार्यमा सक्रियताका साथ जुटेको छ। अहिले खाल्डाखुल्डी र चिप्लो सडकका कारण उद्धार र खुलाउने कार्यमा केही कठिनाइ भए पनि प्रयास जारी रहेको...














