यूएन पर्यटन महासचिव समक्ष नेपाली राजदूत शनिल नेपालद्धारा ओहदाको प्रमाणपत्र प्रस्तुत

0

मड्रिड । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित यूएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले प्रमाणपत्र बुझाउँदै नेपालको तर्फबाट शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए । प्रमाणपत्र प्रस्तुतिपछि भएको भेटवार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना व्यक्त गर्दै उपयुक्त...

नारायणघाट–बुटवल सडक खण्ड राति ११ देखि बिहान ५ बजेसम्म बन्द

0

चितवन, वैशाख १६ ! पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने खण्डमा मर्मत सम्भार र सडक विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेका छन्। यसै सन्दर्भमा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा आजदेखि वैशाख ३१ गतेसम्म दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरिएको छ। निर्माण कम्पनीका अनुसार रातिको समयमा सवारी चाप कम हुने भएकाले...

चुरोट  र रक्सीको मूल्य तीनगुणा बढाउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

0

काठमाडौं, वैशाख १६ ! स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा ठूलो वृद्धि गर्ने प्रस्ताव गरेका छन्। मन्त्री पौडेलका अनुसार अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउने र प्रति बोतल एक हजार रुपैयाँ पर्ने रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारिएको छ। उनले स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मूल्यवृद्धि आवश्यक रहेको तर्क...

सुनको भाउमा वृद्धि, चाँदी स्थिर

0

काठमाडौं, वैशाख १६ ! सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँ रहेको थियो। यसैगरी चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घका अनुसार चाँदीको भाउ आज पनि हिजोकै...

डलरको भाउ घट्यो

0

काठमाडौं वैशाख १६ ! पछिल्लो एक सातायता अमेरिकी डलरको भाउ स्थिर देखिए पनि आज केही घटेको छ । यस दिन डलरको विनिमय दर नेपाली रुपैयाँमा १३६.३७० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.१९७ प्रतिशतले घटेको हो। साताको अवधिमा डलरको भाउ १३७.०५६ को उच्च विन्दु  देखि १३६.०४९ को न्यूनतम विन्दु बीचमा रहेको देखिएको छ। यो अवधिमा डलरको भाउमा जम्मा ०.१०१ प्रतिशतको...

स्पेन  र पोर्चुगलमा विद्युत आपूर्ति अवरोध

0

एजेन्सी वैशाख १६ ! स्पेन र पोर्चुगलमा अप्रिल २८ का दिन ठूलो स्तरको विद्युत आपूर्ति अवरोध भएको अन्तराष्ट्रिय  सञ्चार माध्यमहरुले पुष्टि गरेको छ। अपराह्न १२:३३ बजे (CEST) सुरु भएको यो अवरोधले इबेरियन प्रायद्वीपका अधिकांश क्षेत्रहरू प्रभावित पारेको छ। विद्युत अवरोधको असर अन्डोरा र दक्षिणी फ्रान्ससम्म पनि परेको छ। घटनाको विस्तृत विवरण स्पेन प्राप्त जानकारीअनुसार स्पेनको राष्ट्रिय ग्रिड अपरेटर Red Eléctrica de España (REE)...

सरकारको बलमिच्याई प्रति शेखर कोइरालाको कडा आलोचना

0

काठमाडौँ वैशाख १५ ! नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूको आन्दोलनमा प्रहरी बलको प्रयोग र पालिका लगाएर धम्क्याउने कदमको कडा आलोचना गरेका छन्। शिक्षकहरूले शिक्षा ऐन ल्याउनुपर्ने माग राख्दै झण्डै एक महिना अघिदेखि सडक आन्दोलनमा उत्रेका छन्। यसअर्थमा पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प भएका छन्, र कक्षा १२ को परीक्षा समेत सरेको छ। डा. कोइरालाले सरकारको कुसाशनको...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फरार अभियुक्त माया राई पक्राउ

0

काठमाडौँ वैशाख  १५ ! स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी तथा संगठित अपराधका फरार अभियुक्त माया राई पक्राउ परेका छन्। नेपाल प्रहरीले जनाएको छ कि माया राईलाई बुढानिलन्ठ १० कपनबाट पक्राउ गरिएको हो। अभियुक्त माया राईले सहकारी संस्था र संलग्न व्यक्तिहरूसँग मिलेर ठगी र संगठित अपराध गरेको आरोपमा पक्राउ परेकी छन्। नेपाल प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको...

नेपालमा सुनको भाउ उकालो, चीनले किन्यो ५ टन सुन

0

काठमाडौँ  वैशाख  १५ ! नेपाली बजारमा आज सुनको भाउ सामान्यरूपमा वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रवार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ६ सय रुपैयाँ थियो। सुनको मूल्यमा सामान्य वृद्धि भए पनि...

क्यानडाको भ्यानकुभरमा सवारी दुर्घटनाः ११ जनाको मृत्यु, दर्जनौं घाइते क्यानडाको

0

एजेन्सी वैशाख १४ ! क्यानाडाको भ्यानकुभरमा आयोजित फिलिपिनो सडक महोत्सवमा एउटा सवारी साधनले भीडमा जोतिँदा कम्तीमा ११ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। अधिकारीहरूले घटनालाई "वृहद् क्षति भएको घटना" (mass casualty incident) को रूपमा वर्णन गरेका छन्। भ्यानकुभरका बासिन्दा ३० वर्षीय काई–जी एडम लो पक्राउ परेका छन् र उनलाई सामूहिक हत्याको आरोपमा अदालतमा पेश गरिएको छ। भ्यानकुभर प्रहरीले घटनामा परेका...