शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा समस्या
काठमाडौं, वैशाख १४ ! प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आखाँमा समस्या देखिएको छ। आज काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेका बेला प्रहरीले प्रहार गरेको पानीको फोहोरा सिधै आँखामा लागेर पत्रकार कार्की घाइते भएकी हुन् । घटनापछि प्रहरीद्वारा कार्कीलाई सिभिल अस्पताल लगिएको थियो। हाल कार्की सोही अस्पतालमा उपचाररत छन्। नेपाल पत्रकार महासंघको टोलीले सिभिल अस्पताल...
आमाको मुख हेर्ने दिन
काठमाडौं वैशाख १४ ! प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै छ। यस दिन छोराछोरीहरूले आमालाई मीठा खानेकुरा खान दिई, राम्रा लुगा लगाई आशीर्वाद लिने परम्परा छ। शास्त्रअनुसार, उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई ठूली मानिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने...
दोस्रो पटक ८० लाख नगदसहित नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाई
काठमाडौं वैशाख १४ ! नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी विजयी बनेको छ। उपाधिसँगै टोलीले ८० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ। शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पन्छाउँदै उपाधि चुमेको हो। खेलको ४२औं मिनेटमा इमोह इजाकियलले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाए। तर, ६३औं मिनेटमा पोखराका स्टेफन समिरले बराबरी गोल...
ईसाई धर्मगुरु पोप फ्रान्सिसको आज अन्त्येष्टि, भ्याटिकनमा विश्व नेताहरूको उपस्थिति
ईसाई वैशाख १२ ! धर्मगुरु पोप फ्रान्सिसको आज भ्याटिकन सिटीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। गएको सोमवार ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो। शवलाई सान्टा मार्टा आवासस्थित चर्चबाट बुधवार सेन्ट पिटर्स बासिलिकामा सारिएको थियो, जहाँ श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली दिन पाएका थिए। भ्याटिकनका अनुसार, तीन दिनको अवधिमा करिब २ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। सन् २०१३ मा...
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
काठमाडौँ, वैशाख १३ ! नेपाली राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। अस्ट्रेलियन प्रशिक्षक ल आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल आएका हुन्। त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए। लले नेपाली क्रिकेटमा अनुभव, रणनीति र प्रशिक्षण क्षमताका हिसाबले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही...
सरकारको विषयमा देउवाको स्पष्ट सन्देश : अहिले कुनै विकल्प खोजिएको छैन
काठमाडौं, वैशाख १२ ! नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार परिवर्तनको अड्कलबाजीलाई चिर्दै वर्तमान सत्ता समीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। थाइल्याण्ड भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै देउवाले भने, “अहिले कुनै विकल्प खोजिएको छैन, केही भएको छैन।” उनको यो अभिव्यक्तिले सत्ता परिवर्तनको चर्चा केही समयका लागि स्थगित हुने संकेत देखिएको छ। पछिल्लो समय...
‘बा’ ब्राण्डको भक्ति: सडकमा पनि एमाले, सरकारमा पनि एमाले !
लेखक : कृष्ण पौडेल काठमाडौं वैशाख १२ ! नेपालको राजनीतिमा अहिले एउटा अचम्मको अवस्था छ—सडकमा पनि एमाले, सरकारमा पनि एमाले ! विरोध गर्ने पनि उनीहरू नै, शासन चलाउने पनि उनीहरू नै। यस्तो दृश्यमा ‘राज्य’ र ‘पार्टी’ छुट्टिन्छ कि मिल्छ भन्ने प्रश्न नै अप्रासंगिकजस्तै देखिन्छ। केपी शर्मा ओलीको नेतृत्व अहिले त्यस्तो मोडमा पुगेको छ, जहाँ उनी जसलाई “बा” भन्छन्, ऊ मन्त्री बन्न...
पाकिस्तानद्वारा भारतसँगका सबै सम्झौता खारेज, भारतको कडा प्रतिक्रिया
काठमाडौं वैशाख १२ ! जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको घातक आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध पुनः एकपटक खराब अवस्थाबाट चुलिएको छ। सो आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारतले पाकिस्तानमाथि आतंकवादी समूहलाई समर्थन गरेको आरोप लगाएको थियो। यसै सन्दर्भमा भारतले पाकिस्तानसँग भएका विभिन्न सम्झौता, कूटनीतिक नियोगका प्रतिनिधि घटाउने, सिन्धु नदीको सम्झौता निलम्बन गर्ने, पाकिस्तानी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको थियो । यसको...
RCB ले घरेलु मैदानमा ११ रनले RR लाई हरायो
एजेन्सी बैशाख १२ ! लामो समयदेखि घरेलु मैदानमा निराशाजनक प्रदर्शन गर्दै आएको Royal Challengers Bengaluru (RCB) ले अन्ततः IPL 2025 को ४२औं खेलमा Rajasthan Royals (RR) विरुद्ध ११ रनको शानदार जित दर्ता गर्दै आफ्नो अपशकुन तोड्न सफल भएको छ। यस जितले RCB का लागि न केवल आत्मविश्वास बढायो, बरु प्लेअफ होडमा पनि बलियो उपस्थितिको संकेत दिएको छ। पहिले ब्याटिङ गरेको...
कैलालीमा यात्रुवाहक बस दुर्घटना : १३ जना घाइते
कैलाली, वैशाख ११ ! काठमाडौँबाट बझाङतर्फ गइरहेको यात्रुवाहक बस कैलालीको घोडाघोडी क्षेत्रमा दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ को सडकखण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबै...














