गण्डकी प्रदेशको ‘महिनाको उत्कृष्ट प्रहरी’ मा निरीक्षक पोषण थापा सम्मानित

0

तनहुँ वैशाख ११ ! प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्दै हौसला प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” छनोट कार्यक्रमअन्तर्गत यसपटक तनहुँ जिल्लाको बेलचौतारा स्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थापालाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ। “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१” अन्तर्गत सम्पूर्ण मातहत कार्यालयहरूबाट सिफारिस भई...

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न : १ लाख १९ हजार मात्र भाग्यमानी

0

काठमाडौं वैशाख ११! पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर (IPO) बाँडफाँड आज बिहान नबिल इन्भेस्टमेन्ट बैंकिङको व्यवस्थापनमा सम्पन्न भएको छ। कम्पनीले फागुन २ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्काशनमा ल्याएको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर रहेको छ। आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ।...

माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारमा बस्दै

0

काठमाडौं वैशाख ११ ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक हाल सिंहदरबारस्थित दलको केन्द्रीय संसदीय कार्यालयमा जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारमा दलको भूमिकासहित संसदमा प्रस्तुत विधेयकहरूमाथिको धारणा तय गर्ने विषयमा छलफल भइरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सञ्चालन भइरहेको हो। बैठकमा सांसदहरूलाई आगामी रणनीतिबारे जानकारी दिइनुका साथै पार्टीको एकता, संगठन सुदृढीकरण,...

देउवा विदेश भ्रमणमा रहेका बेला राज्यमन्त्री कान्छाराम कार्वाहीमा

0

काठमाडौं वैशाख ११ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेका छन्। काँग्रेस सभापति शेर बहादुर देउवा थाईल्याण्ड भ्रमणमा रहेका बेला राज्यमन्त्री तामाङ्ग लाई कार्बाही हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तामाङ्गले तत्कालिन विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन नहुने भन्दै सार्वजनिक कार्यक्रममै बोल्दै आएका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमार्फत तामाङसँग...

पहलगाम आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवकको शव परिवारलाई जिम्मा

0

बुटवल वैशाख ११ ! भारतको जम्मू–कश्मीरस्थित पहलगाम क्षेत्रमा आतंकवादी हमलामा परि ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरमा उनका परिवारजनलाई जिम्मा दिएको छ। घटनापछि आवश्यक प्रक्रिया पूरा गरी नेपाली दूतावासको समन्वयमा शव नेपाल ल्याइएको हो। सुरक्षाको उच्च सतर्कता बीच नेपाली प्रशासन तथा स्थानीय निकायका प्रतिनिधिहरूको उपस्थितिमा शव सुदीपका परिवारलाई हस्तान्तरण गरिएको हो। पहलगामस्थित एक पर्यटकीय क्षेत्रमा आतंकवादी...

बढुवा भएका निरीक्षकहरू दर्ज्यानी चिन्हले सम्मानित, IGP थापाबाट उच्च मनोबलका साथ कार्य गर्न निर्देशन

0

काठमाडौं, वैशाख ११ – नेपाल सरकार गृह मन्त्रालयको वैशाख ९ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा प्रदान गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (IGP) दिपक थापाले नवपदोन्नत निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै IGP थापाले पदोन्नति प्राप्त गरेका अधिकृतहरूलाई...

पाकिस्तानसंगको सिन्धु जल सम्झौता अस्थायी रूपमा निलम्बन गर्ने भारतको निर्णय

0

काठमाडौं, वैशाख १० ! भारतका विदेश सचिव विक्रम मिस्रीले आजको प्रेस ब्रिफिङमा पाकिस्तानसँगको सिन्धु जल सम्झौता अब इतिहास बन्ने चेतावनी दिएका छन्। भारत सरकारले पाकिस्तानबाट भइरहेको सीमा पार आतंकवादी गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै उक्त ऐतिहासिक सम्झौताबाट पछि हट्ने निर्णय गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारमाध्यमलाई सम्बोधन गर्दै मिस्रीले दिएको आजको प्रेस ब्रिफिङका मुख्य बुँदाहरू विदेश सचिव...

शेयर बजार परिसूचक नेप्से घट्ने क्रम रोकिएन

0

काठमाडौं वैशाख १०! नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन बुधबार पनि बजार घट्ने क्रम रोकिएन। नेप्से परिसूचक आज ३२.३८ अंकले घट्दै २,६५५.९४ विन्दुमा पुगेको छ। यसअघि आइतबार १६.६८ अंक, सोमबार ७.७५ अंक र मंगलबार ९.९६ अंकले बजार ओरालो लागेको थियो। बुधबारको कारोबारमा कुल ७ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल सूचीकृत कम्पनीहरूमध्ये २८ कम्पनीको...

राजदूत शनिल नेपाल र डा. धन प्रसाद पण्डितलाई जिम्मेवारी थप

0

काठमाडौँ, वैशाख १० ! नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई नेपाली राजदूतलाई थप राष्ट्रमा गैरआवासीय राजदूतका रूपमा नियुक्त गरेका छन्। स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई अब गणतन्त्र माल्टाका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ। यसैगरी, इजरायलका लागि नेपालका आवासीय राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि गैरआवासीय राजदूतका रूपमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक...

नेप्से परिसूचक बुधबार पनि सामान्य गिरावटसँगै कारोबार सुरु

0

काठमाडौं, वैशाख १० ! नेपाली पुँजी बजारमा गिरावटको क्रम बुधबार पनि जारी रहेको छ। अघिल्लो दिनको तुलनामा आजको प्रारम्भिक कारोबार (प्रि-ओपन सेसन) मा नेप्से परिसूचकमा ०.६३ अंकको गिरावट आएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा बन्द भएको थियो। आज पहिलो सत्रमा परिसूचक २६८७.६८ विन्दुमा झरेको छ, जुन हाल बजारमा अलिकति दवाब कायमै रहेको संकेत हो। विश्लेषकहरूको...