सुनको मूल्यमा भारी गिरावट
काठमाडौं, वैशाख १० ! नेपाली सुन बजारमा मंगलबार कायम भएको ऐतिहासिक मूल्य रेकर्ड बुधबार टिक्न सकेन। एकैदिनमै सुनको मूल्य तोलामा ७,५०० रुपैयाँले घटेर पुन: घटेको मूल्यमा फर्किएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। यो दर मंगलबारको तुलनामा निकै कम हो। मंगलबार (वैशाख ९ गते) भने छापावाल...
आतंकवादी आक्रमणमा २८ जनाको मृत्यु, एक नेपाली : बिस्तृत रिपोर्ट
एजेन्सी बैशाख १० ! भारतको जम्मु–कश्मीरको पहलगामस्थित बैसारन उपत्यकामा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ, जसमा एक नेपाली नागरिक सन्दीप न्यौपाने पनि परेका छन्। उनी नेपालबाट गएका पर्यटक थिए। यद्यपी नेपालको सरकारी निकायबाट यसबारे पुस्टि भने भएको छैन । प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सामाजिक संजाल एक्स मार्फत पहलगाममा भएको आतंकबादी आक्रमणका पिडितहरुप्रति...
शेयर बजार आज पनि ओरालो
काठमाडौँ वैशाख ९ ! नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ९.९६ अंकले घटेर २,६८८.३२ विन्दुमा बन्द भएको छ। यो लगातार दोस्रो दिनको गिरावट हो, जसले अल्पकालीन बजार प्रवृत्तिमा नकारात्मक संकेत दिएको छ। NEPSE सूचकको प्रवृत्ति (Trend Analysis): पछिल्लो केही समयदेखि NEPSE परिसूचकले उकालो प्रवृत्ति देखाइरहेको थियो। तर, हालको गिरावटले अल्पकालीन रूपमा बजारमा नकारात्मकता देखाएको छ। विशेष गरी, अन्तिम दुई दिनको गिरावटले बजारमा...
कक्षा १२ को परीक्षा स्थगित, अब वैशाख २१ देखि मात्र सञ्चालन हुने
काठमाडौं, वैशाख ९! वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा अन्ततः स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अब वैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। बोर्डले आज बिहान मात्र परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने तयारी गरेको थियो। आवश्यकता परे निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गराउने निर्णय सार्वजनिक गरिएको थियो। तर सो निर्णय...
सत्ता केन्द्रित राजनीतिबाट माओवादी केन्द्र बाहिर आउन सकेन: घनश्याम भुसाल
काठमाडौँ बैशाख ९! नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रलाई सत्ता केन्द्रित राजनीतिबाट बाहिर निस्कन नसकेको आरोप लगाएका छन्। उनका अनुसार, माओवादी केन्द्रले क्रान्तिको नाममा सत्ता स्वार्थमा केन्द्रित हुँदै जनताका मुद्दा र सिद्धान्तबाट विचलित भएको छ। भुसालले नेपाली कांग्रेसलाई "न लायक न नालायक" पार्टी भन्दै, अरू दलहरू कमजोर हुँदा मात्र यसको भूमिका देखिने बताएका छन्। त्यस्तै, माओवादी केन्द्रलाई...
शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्री ओलीको टिप्पणी : “घाँटीको उपचार भएकाले मन्त्रालय सञ्चालन गाह्रो भयो”
काठमाडौं बैशाख ९ ! हालै शिक्षामन्त्री बिद्या भट्टराई ले पदबाट दिएको राजीनामा र त्यसलाई लिएर सार्वजनिक चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट प्रतिक्रिया दिएका छन्। मन्त्रीको स्वास्थ्य अवस्था र पछिल्लो परिस्थितिबाट प्रेरित भएर राजीनामा आएको उनले बताएका छन्। प्रधानमन्त्री ओलीका अनुसार,“शिक्षामन्त्रीको केही समयअघि मात्र घाँटीको उपचार भएको थियो। स्वास्थ्यले साथ नदिँदा यति ठूलो मन्त्रालय सम्हाल्न गाह्रो भएको भन्दै...
सरकारले शिक्षकहरूको आन्दोलन अपमानजनक ढंगले लिएको छ : प्रचण्ड
काठमाडौं बैशाख ९ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति कडा आलोचना गरेका छन्। आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकारले लिएको रवैयालाई उनले "अपमानजनक" भन्दै असन्तोष व्यक्त गरेका हुन्। शिक्षकहरूको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्नेमा सरकार हल्का शैलीमा प्रस्तुत भएको भन्दै प्रचण्डले भने,"सरकारले शिक्षकहरूको आन्दोलनलाई अपमान गरेको छ। प्रधानमन्त्री स्वयंले सरकार प्रमुखको हैसियत बिर्सिएको देखिन्छ।" उनका अनुसार, शिक्षकहरूको आन्दोलन...
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन
काठमाडौं, बैशाख ९ ! नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्ध दायर गरिएको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन।आज पनि हेर्न नभ्याइने सुचिमा राखिएको छ l यस रिटमा, अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको दावी गर्दै गुणाकर भट्टको नियुक्ति गैरकानुनी भएको बताएका छन्। गत शुक्रबार दायर गरिएको रिटमा भनिएको छ कि, नेपाल राष्ट्र बैंक...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानूनी संघर्ष: सर्वोच्च अदालतमा कारण देखाऊ आदेश जारी
काठमाडौँ, वैशाख ९ ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित कानूनी मुद्दामा एक नयाँ मोड आएको छ। लामिछानेकी श्रीमती निकिता पौडेलले गत आइतबार सर्वोच्च अदालतमा बंदी प्रत्यक्षीकरण रिट दायर गर्दै उनका पति लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको आरोप लगाएकी छन्। रिटमा लामिछानेलाई तत्काल रिहा गर्न माग गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश...
४० मुनिका युवालाई काठमाडौं उतार्ने कि रोजगारी दिने ? -संसद तोसिमा कार्की
काठमाडौं, बैशाख ९ ! प्रतिनिधिसभाको बैठकमा सांसद डा. तोसिमा कार्कीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै तीखो प्रश्न उठाएकी छन्। ओलीले केही दिनअघि युवालाई काठमाडौं झिकेर विकासमा लगाउने अभिव्यक्ति दिएपछि सांसद कार्कीले त्यसको विरोध गर्दै संसदमै जवाफ मागेकी हुन्। उनले भनिन्,"लौ गज्जब! ४० मुनिका युवाहरूलाई काठमाडौं उतार्ने रे! दिनदिनै पासपोर्ट बोकेर उत्रिएकै छन् त, कति उत्रिनु?...














