नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड वृद्धि, चाँदीको दर पनि बढ्यो
काठमाडौं बैशाख ९! नेपाली बजारमा आज सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुन चाँदी महासंघले आजको दर सार्वजनिक गर्दै छापावाल सुनको मूल्य प्रति तोला रु १,९७,९०० निर्धारण गरेको जानकारी दिएको छ। सोमबारको तुलनामा यो मूल्य रु ६,९०० ले वृद्धि भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको सन्दर्भमा नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो। सुनसँगै चाँदीको...
नेप्से २,७०० मुनि झर्यो: बजारको चिरफार?
काठमाडौँ बैशाख ८ ! नेपालको शेयर बजार आज पुनः एकपटक ओरालो लागेको छ। सामान्य अंकले घट्दै नेप्से सूचक २,६९८.२८ मा पुगेको हो। बजार समग्रमा सुस्त देखिए पनि केही कम्पनीमा तीव्र उतारचढाव देखिएको छ। यस लेखमा हामी प्राविधिक विश्लेषणको आधारमा बजारको अवस्थालाई मूल्याङ्कन गर्दैछौँ। १. NEPSE सूचकको प्रवृत्ति (Trend Analysis) नेप्से सूचक आज ७.७५ अंकले घटेर २,६९८.२८ मा पुगेको छ। हामी देख्न...
शिक्षकको आन्दोलन सहमति नजिक : शिक्षा मन्त्रालयले सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
काठमाडौं बैशाख ८। लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्त्यको दिशातर्फ अघि बढ्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये प्रमुख मागहरू सम्बोधन गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ। शिक्षक प्रतिनिधिहरूसँगको छलफलपछि सहमति भएका बुँदाहरूलाई समेटेर मन्त्रालयले प्रस्ताव तयार पारेको हो। मन्त्रालयका उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठक सम्भवतः आज यी प्रस्तावहरू पेस गरिनेछन्। सात बुँदे...
आइपिएलमा कोलकाता (KKR)र गुजरात टाइटन्स (GT) को भिडन्त हुने
एजेन्सी बैशाख ९! आजको IPL 2025 खेलमा कोलकाता नाइट राइडर्स (KKR) र गुजरात टाइटन्स (GT) को भिडन्त हुनेछ, जुन नेपाली समय अनुसार बेलुकी ७:४५ बजे कोलकाताको इडन गार्डेन्समा सुरु हुनेछ। हालको प्रदर्शन र अंकतालिका स्थिति गुजरात टाइटन्सले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक प्राप्त गरी तालिकाको शीर्ष स्थानमा रहेको छ। कोलकाता नाइट राइडर्सले समान खेलमा ३ जित र...
पाथीभरा जाँदै गरेको बोलेरो जिपमा आगलागी : ४ जनाको मृत्यु, २ घाइते
ताप्लेजुङ, फागुन ९ ! ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० तेर्सेमा पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको बोलेरो जिपमा अचानक आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरा मन्दिरतर्फ गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४:५० बजेतिर आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक...
प्रहरी जवानको नक्कली परीक्षार्थीको रूपमा पक्राउ परे अनेरास्ववियु निकट अस्कलका स्ववियु सचिव
काठमाडौँ बैशाख ८ ! नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुबाट उमेदवारी दिई स्ववियु सचिब जितेका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी हुँदै गरेका अस्कल (अमृत साइन्स क्याम्पस) का स्ववियु सचिव शाही पक्राउ परेका हुन् l जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट शाहीलाई रंगेहात पक्राउ गरिएको...
प्रहरी भर्तीमा ठगी : बानेश्वरस्थित परीक्षा केन्द्रबाट ६ नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं, वैशाख ७ ! प्रहरी जवान पदको लिखित परीक्षामा ठगीको प्रयास गर्ने ६ नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बानेश्वरस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सञ्चालित परीक्षामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा सञ्चालित सो लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। परीक्षा केन्द्रबाट फरक फोटो टाँसिएका प्रवेशपत्र र नक्कली नागरिकताको प्रतिलिपी फेला परेको प्रहरीले जनाएको...
प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगे सांसद दीपक सिंह
काठमाडौं वैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगेका छन्। केहीबेरअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाही सिंहदरबार क्षेत्रमा रहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। तर सांसद दीपक सिंह भने पक्राउबाट जोगिँदै प्रदर्शनस्थलतर्फ पुगेका हुन्। राप्रपाले वर्तमान सरकारको विरोधमा आज सिंहदरबार आसपास विरोध प्रदर्शनको आयोजना गरेको हो...
काठमाडौंको सुरक्षा व्यवस्था कडा
काठमाडौं बैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनलाई लक्षित गरी राजधानीका संवेदनशील सरकारी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र अन्य सुरक्षा निकायहरूको संयुक्त टोलीले सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपतिको कार्यालय लगायतका निषेधित क्षेत्रहरूमा अतिरिक्त तैनाथी गरेका छन्। सरकारले प्रदर्शनकारीहरूबाट कुनै अप्रत्याशित घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षा बढाएको...
७०० औं भागमा प्रवेश गरेको हर्के हल्दार टिमद्वारा मानव सेवा आश्रममा विशेष कार्यक्रम
काठमाडौं, वैशाख ८ – नेपाली हाँस्य टेलिसिरियलको क्षेत्रमा छुट्टै पहिचान बनाएको हर्के हल्दार टेलिसिरियलले आफ्नो ७०० औं भाग सफलतापूर्वक सम्पन्न गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। खम्बे इन्टरटेनमेन्टको निर्माण तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल नेपाली दर्शकमाझ लोकप्रिय रहँदै आएको छ। सोही लोकप्रियताको निरन्तरतासँगै ७०० औं भागको अवसर पारेर हर्के हल्दार टिमले काठमाडौंस्थित मानव सेवा आश्रममा...














