काठमाण्डौ मङ्गसिर ६ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चितवन जिल्लाद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पूर्वी चितवन, टाँडी पुगेका छन ।
पछिल्लो समय चुनावको सरगर्मी बढेसँगै सबैजसो नेता कार्यकर्ता जिल्ला दौड़ाह मै ब्यस्त रहेको देखिन्छ । साथै सबैजसो दलले अधिवेशन गर्ने हतारो गरेको देखिन्छ । चितवन केंद्रित राजनीतिमा ओलीले प्रचण्ड सिध्याउने रणनीति बुने अनुरूप अहिले पुनः चितवन तातिएको छ ।
एमाले ले प्रचण्डको गृह जिल्ला चितवन मै दसौ महादिबेशन तय गरेपछि प्रचण्डले आफुलाई प्रहार गर्न लागेको कुरा प्रष्टसंग बुझेका छन ।
दुई दुई पटक सम्म संसद बिघठन गरी तत्कालीन नेकपा भङ्ग गर्ने र देशलाई अस्थिरता तर्फ लैजाने तिखा ब्याग्यकार ओली अहिले प्रचण्ड केन्द्रत राजनीति गरिरहेका देखिन्छन । कहिले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रचण्ड को मामूली कार्यकर्ता भन्छन त कहिले माओवादी आन्दोलनलाई नै कुहेको फर्सी भन्दै आलोचना गर्छन ।
माओबादीका केही प्रभावशाली नेतालाई काखी चेपी आफ्नै खेमाका नेतालाई समेत तह लगाउने रणनीति ओलिले अंगीकार गरेको जानकारहरु बताउछन ।
ओलीले प्रचण्ड सिध्याउन सक्लान ?
भएको सबै शक्ति माओवादी अध्यक्षसंग भिड़न लगाएका ओली एकोहोरो चितवन केन्द्रित राजनीति गरिरहेका छन ।
हरेक सब्दमा भरतपुर महानगर मेयर रेणु दाहाललाई मतपत्र च्यात्यको आरोप लगाउछन । बामदेवलाई भित्तामै पुर्याएका ओलीले अहिले प्रचण्डको खेदो गरिरहेका छन भन्ने कुराको पुष्टि कहिले राम मंदिर कहिले महादीबेशन र कहिले पूर्वमाओवादी नेता बादललाई नै प्रचण्डको क्षेत्र बाट उठाउने रणनीति बनाएर हुन्छ ।