काठमाण्डौ मंसीर ११ ! नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा शुरु भएको एमाले स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको प्रचार विभाग प्रमुख योगेश भट्टाराईले जानकारी दिए ।
बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताए । एमाले पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले एमालेको बहुमतलाई कुनै तागतले रोक्न नसक्ने बताए । एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंतिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ । पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुनेछ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । अध्यक्ष ओलीले बन्दसत्रमा भने ।
महाधिवेशनमा आएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरु तथा शुभकामना सन्देश पठाउनु हुनेहरुप्रति अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गेरे ।
बन्द सत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेेेका थिए ।
यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । भारतको काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी लगायत भाइचारा तथा मित्र पार्टीले पठाएका शुभकामना सन्देश बाचन गरिएको थियो ।