Home मुख्य नेपाली कांग्रेस लुम्बिनीको मतगणना सुरु हुँदै

नेपाली कांग्रेस लुम्बिनीको मतगणना सुरु हुँदै

10
0

काठमाण्डौ मंसिर १८ ! नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको  नेपाली काँग्रेस रुपन्देहीको पार्टीले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शाह देउवा प्यानल हुन् भने पुन पौडेल समूहका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here