Home अन्तर्राष्ट्रिय भारतमा ठुलो दुर्घटना सेना प्रमुख रावतको मृत्यु( भिडियो सहित)

भारतमा ठुलो दुर्घटना सेना प्रमुख रावतको मृत्यु( भिडियो सहित)

13
0

काठमाण्डौ मंसिर २२ ! भारतका सेना प्रमुख विपिन रावत  पत्नीसहित अन्य ११ जनाको हेलीकॉप्टर दुर्घटनामा मृत्यु भएको छ। वायु सेनाले रावतसवार रहेको एमआई-१७भी५ सैनिक हेलिकप्टर आज करिब १२ बजे दिउँसो दक्षिण भारतको कुन्नूरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक र साँचो देशभक्त भएको उल्लेख गरेका छन्।भारतीय सेनालाई आधुनिकीकरण गरेको र अत्याधुनिक सुरक्षा उपकरणले सुसज्जित बनाउन रावतको महत्वपूर्ण योगदान रहेको पनि प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।

रक्षा प्रमुख रावत ६३ वर्षका थिए। उनलाई गत सन् २०१९ को अन्त्यतिर प्रधानमन्त्री मोदीले रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) नियुक्त गरेका थिए। हेलिकप्टरको चालकदलका ४ सदस्यको पनि दुर्घटनामा मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here