ओली दलाल पूँजीपति वर्गको एजेण्ट हुन : प्रचण्ड

मुख्य

काठमाण्डौ पौष १ ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले के. पी. शर्मा ओली दलाल पूँजीपतिको एजेन्ट भएको घोषणा गरेका छन । बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम भएको कडा टिप्पणी गरेका हुन । आफ्ना बिभिन्न अभिब्यक्तिबाट ओलिले तथ्यलाई पुनः प्रमाणित गरेको प्रस्ट्याएका हुन् ।

साथै पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको बताए।

प्रचण्डद्वारा उल्लेखित विज्ञप्तिमा भनिएको छ “म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।”

बुधवार ओलिले प्रचण्डले चन्दा नपाएको निहुमा शेयर बजारलाई पूँजीबाद चरित्र संग टिप्पणी गरेको गम्भीर आरोप लगाएका थिए ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ = 2