Home राजनीति पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनुपर्ने वाईसीएलको माग

पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनुपर्ने वाईसीएलको माग

32
0
Google search engine

काठमाण्डौ, पुस १ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग, नेपाल अर्थात वाईसिएल जिल्ला कमिटी भक्तपुरले जिल्ला निर्वाचन कार्यालय भक्तपुर र निर्वाचन आयोगलाई पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

वाईसिएल नेपाल भक्तपुर जिल्ला समिति इन्चार्ज दिनेश थपलिया (आक्रोश) र वाईसिएल नेपाल भक्तपुर जिल्ला समिति  संयोजक नरेश रञ्जितको अगुवाईमा उक्त ज्ञापन पत्र बुझाइएको हो । अस्थायी तथा स्थायी बसोबास गर्ने बासिन्दाले पनि मतदाता नामावलीमा नाम समावेश गर्नु पाउनु पर्ने विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

रञ्जित भन्छन, “विगतमा बसाई सराईको कागज नहुनेको हकमा यहाँको लालपूर्जा, खानेपानी, विद्युतको बिल देखाएर पनि मतदाता नामावली संकलन हुन्थ्यो तर यस पटक आयोगले अनिवार्य रुपमा बसाईसराईको कागज हुनै पर्ने नयां नियम लागु गर्दा भक्तपुर बसाई सरेर आएका धेरै मतदाताको नामावली संकलन हुन सकेन, त्यसैले तत्काल पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनु पर्ने माग गरेको हौँ ।”

मतदाता नामावली संकलनमा समावेश नगर्दा मतदान गर्ने अधिकारबाट बञ्चित हुने अबस्था आएको भन्दै कोही पनि मतदाताहरु मतदानबाट बन्चित हुन नपरोस् भनी जिल्ला निर्वाचन कार्यालय र कार्यालय मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइएको रंजीतले जानकारी दिए ।

निर्वाचन आयोगले आगामी निर्वाचनको लागी सघं, प्रदेश, स्थानिय निर्वाचनको लागि मतदाता नामावली संकलन गर्ने कार्य गरिरहेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here