काठमाण्डौ पुस १ ! नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा सभापतिमा शेर बहादुर देउवा बिजयी भए पनि महामन्त्रीमा भने गगन थापा र विश्व प्रकाश शर्माले ढाड बिसाएका छन । युवा पुस्तामा निक्कै लोकप्रिय नेता द्वयलाई नेपाली राजनीतिको एक युगान्तकारी परिवर्तनको जिम्मा नेपाली कांग्रेसजनले दिएका छन । बुढानेताको अभाव नरहेको पार्टीमा युवाले जित्नु सरहानीय छ । भोलिका दिनमा गुण र दोषका आधारमा प्रसंसा गरौला ।
डा. शेखरको प्यानलमा परेका गगन थापा झण्डै दुई तिहाइ (३,०२३ मत) पाउँदै महामन्त्री निर्वाचित भए । भने महामन्त्रीमा खसेको ४,६८२ मतमध्ये शर्माले १,९८४ पाउँदा डा. प्रकाशशरण महतले १,५५६ मतमा सीमित भए । अर्थात् देउवाको प्यानलबाट उम्मेदवार बनेका पुराना र अनुभवी नेता महतलाई ४२८ मतले पछि पार्दै शर्मा निर्वाचित भएका हुन् ।
थापा र शर्माको जितले कांग्रेसी मात्र होइन अन्य पार्टीका नेता कार्यकर्ता पनि खुशी भएको पाइन्छ । युवा पुस्ता ले राम्रो नीति निर्माण गरी जनभावना अनुरूप काम गर्ने प्ररेणा र सफलता मिलोस सुरकी खबर परिवारको पनि सुभकामना ।