शुक्लागण्डकी-१० मा माओवादी केन्द्रका राजेन्द्र क्षेत्री बिजयी

राजनीति समाचार

तनहुँ जेष्ठ ४ ! तनहुको शुक्लागण्डकी वडा नं-१० मा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ । बुधबार निर्वाचन आयोग द्वारा सार्वजनिक अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री १६३ मत अन्तरले विजयी भएका छन ।

विजयी क्षेत्रीले ९२५ मत प्राप्त गर्दा उनका प्रतिद्वान्दी खड्ग विक्रम खाँड ठकुरीले ७६२ मत ल्याएका छन । यसै गरी वडा सदस्यमा भने नेपाली काँग्रेसका दुई र नेकपा एमालेका दुई जना विजयी भएका छन् । काँग्रेसबाट खुल्ला महिला सदस्यमा तिलादेवी रानाले ८२८ मत प्राप्त गरेकी छन र खुल्ला सदस्यमा बिमल रानाले ८०९ मत प्राप्त गरी विजयी भएका छन । नेकपा एमालेबाट खुल्ला सदस्यमा कुश्माखर खत्रीले ८०७ र दलित महिला सदस्य एमाले कै पेमाया वि.कले ७६१ मत ल्याएर विजयी भएका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 10 = 1