भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित

मुख्य समाचार

काठमाण्डौ जेठ १० ! भरतपुर महानगरपालिकाको मेयर पदका उमेदवार रेणु दाहाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लगायतको समर्थनमा गठबंधनको उमेदवार दिएकी रेणु दाहाल भारी मत अन्तरले बिजयी हुनुभएको हो । उहाँले ५२,०३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वंदी नेकपा एमालेको बिजय सुबेदीले ३९,५८१ प्राप्त गर्नुभएको थियो । नव निर्वाचित दाहाल १२,४४९ अन्तरका साथ बिजयी हुनुभएको हो ।

यस्तै गरी उपमेयरमा चित्र सेन अधिकारी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी हिमाला गुरुंगलाई भारी मतान्तरले पछाडि पार्दै बिजयी हुनुभएको हो ।

अधिकारीको ५२,८०३ मत थियो भने राप्रपा की गुरुंगको ३०,६१२ रहेको थियो । गुरुंग भन्दा २२,१९१ मत अन्तरले बढी मत ल्याएर अधिकारी बिजयी हुनुभएको छ ।

अहिले भरतपुरमा ऱ्याली चलिरहेको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता लगायत गठबंधनका नेताहरुको उपस्थितिमा बिजय उत्सव मनाउन ऱ्याली गरिदै छ ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3