काठमाण्डौको मेयरमा बालेनको शानदार जीतपछी राजनीतिक दलको ‘नीद हराम’

समाचार

काठमाण्डौ जेष्ठ १४ ! काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतंत्र उमेदवार बालेन्द्र साह बिजयी हुन सफल हुनुभएको छ । चर्चित ऱ्याप गायक बालेन्द्र साह उर्फ ‘बालेन’ले  जित्नु दलीय ब्यबस्थाको असफलता हो या विकासका भोका जनताको राजनीतिक दलहरु प्रतिको आक्रोश हो ? त्यों भने हेर्न संघीय र प्रदेश चुनाव पर्खिनु पर्नेछ । खैर जे भए पनि जनताको बालेन प्रति जागेको उत्साहलाई कसरी सकार्न सक्नु हुन्छ त्यो भने हेर्न बाँकी छ ।
जम्मा खसेको मतबाट ६१,७६७ बालेन साह को पक्षमा आएको छ भने निकटतम प्रतिद्वंद्वी सृजना श्रेष्ठको ३८,३४१ मत आएको छ । बालेन्द्र साहलाई भारी मत अन्तर प्राप्त भएको छ ।

साथै काठमाण्डौ महानगरपालिकाको उपमेयर पदमा ६८,६१२ मतका साथ  नेकपा एमाले की सुनीता डंगोल बिजयी हुनुभएको छ । उहाँको प्रतिद्वंद्वी रामेश्वर श्रेष्ठ को पक्ष मा जम्मा
२३,८०६ मत खसेको छ । साथै डंगोलको सबै भन्दा बढी लोकप्रिय मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

दुबै पद मेयर र उपमेयर युवा को हातमा गएको छ । युवा को राजनीतिमा किन आवश्यक छ भन्ने कुराको पुष्टि गर्न निकै कठिन परीक्षामा मेयर र उपमेयर हुनुहुन्छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 + = 61