माओबादी केन्द्रको केन्द्रिय कमिटि बैठक स्थगित

मुख्य राजनीति समाचार

काठमाडौं असार २१ ! नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक स्थगित गरिएको । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि बैठक स्थगित गरी आन्तरिक गृहकार्यको लागी स्थगित गरिएको  सो पार्टीले जानकारी दिएको हो ।

आज ११ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक भोलि विहान १ बजे सम्मको लागी स्थगित गरिएको हो । जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको थियो ।

बैठकमा बोल्ने अधिकांशले केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए । माओवादीले पुसमा भएको महाधिवेशनबाट प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद भने पुर्ति गर्न सकेको थिएन।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 − = 79