Home अर्थ बजार अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

159
0

काठमाडौँ साउन २३ ! अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात असार २३ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी सर्वसाधारण लगानीकर्ताहरुलाई १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्ने जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here