जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या

मुख्य विश्व समाचार

काठमाडौँ असार २५ ! जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेकाबेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो ।

गोली हान्ने ४१ वर्षका पुरुषलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ l उनि सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको जापानी संचार माध्यामहरुले बताएका छन् । तीन वर्ष (२००५सम्म) काम गरेका उनले ह्याण्डमेड गनबाट गोली चलाएका हुन् । उक्त व्यक्ति पूर्व प्रधानमन्त्री आबेसँग निराश भएर हत्या गर्ने मनसायले नै गोली चलाएको जापानी संचार माध्यामहरुले उल्लेख गरेका छन्  ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 − = 48