अपर हेवाखोला हाइड्रोपावरले खुलायो आइपिओ

अर्थ बजार

काठमाडौं असार २५ ! अपर हेवाखोला हाइड्रोपावरले शुक्रवार असार २४ गते शु सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको छ । यस मध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ  भने बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकको तोकेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =