राजाबादी रविन्द्र मिश्रको ओलीसँगको साठगाँठ

मुख्य

काठमाडौं भदौ १३ ! विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच राजतन्त्रको विषयमा भेटवार्ता भएको छ ।

केहि समअघि गणतन्त्र नेपालको संविधान जारी भए पश्चात राजनिती सुरु गरेका मिश्रले राजतन्त्रको वकालत गर्दै आएको छन। र उक्त भेटमा के पी शर्मा ओली सँग सोही विषयमा कुरा भएको बताएका हुन्।

‘ओलीजीसँग अढाई घण्टा’ शीर्षक राखेर गरिएको मिश्रको पोस्ट भनिएको छ “तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”

उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।

ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!

भन्दै ओलीको प्रशंसा गरेका छन्।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ 22 =