Home राजनीति तनहुँकाे प्रदेश सभा २(क)मा माओवादी केन्द्रबाट ७ जनाकाे दावेदारी

तनहुँकाे प्रदेश सभा २(क)मा माओवादी केन्द्रबाट ७ जनाकाे दावेदारी

12
0

तनहुँ भदाै १६ ! नेकपा माओवादी केन्द्रको तनहुँ प्रदेश सभा २ (क) को लागी ७ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेश सभा २(क) सदस्य उम्मेदवारीको दावी गर्नेमा माओबादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य राजेन्द्रकेशरी न्याैपाने, प्रदेश सहसचिव अतिन्द्रकेशरी न्याैपाने, तनहुँ जिल्ला संयोजक ओेमराज आले ‘मदन’, ट्रेड युनियन केन्द्रीय सदस्य साेमबहादुर थापा ‘एस्बी’, सम्पर्क मञ्च अध्यक्ष मदन पाैडेल, प्रदेश समिति सदस्य मुक्ति सिग्देल, र प्रदेश समिति सदस्य विकास श्रेष्ठले दावी गरेका छन् ।

यसै गरी प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ आशा काेइराला र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उम्मेदवारी दावी पेस गरेकाे बुझिएको छ । प्रतिनिधी सभामा दुई जनाको मात्र दाबी गरे पनि प्रदेश सभा सदस्यमा भने रस्साकस्सी नै देखिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँकाे प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र)का आकांक्षी उम्मेदवार बारे आज तनहुँको दुलेगौंडामा छलफल भएको थियो । शुक्रबार तनहुँकाे दुलेगौंडामा बसेकाे नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिकाे बैठकले सम्भावित उम्मेदवार बारे छलफल गरेको हाे ।

यस्तै प्रदेश सभा २ (ख)बाट प्रत्यक्षतर्फ देवीकुमारी बुर्जाले उम्मेदवारी दावी गरेकी छन् । भने प्रदेश सभाकाे समानुपातिकतर्फ दलितबाट डिलबहादुर नेपाली, जनजातिबाट रामबहादुर थापा, महिलाबाट सर्वदा खनाल, खसआर्यबाट इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here