दार्चुला बाढीपिडितलाइ वाइसिएलले आर्थिक सहयोग गर्ने

अर्थ बजार मुख्य समाचार

भदौ २५ दार्चुला ! नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढीपहिरो पिडितलाई आर्थिक सहयोग गर्ने भएको छ l वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पालीले हिजो गएको बाढीपहिरो बाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिग्र खोजबिन गर्न सरकारसंग माग गरेका छन् l साथै वाइसिएल् नेपालले  दार्चुला जिल्ला कमिटि, सुदुरपश्चिम प्रदेश कमिटि, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटि सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्दार कार्यमा सक्रियताका साथ लाग्न निर्देसन जारी गरेको छ l

लगातारको वर्षापछी हिजो गएको बाढीपहिरोमा परि पाचँजनाको मृत्यु भएको छ भने दश जना बेपत्ता भएका छन् l घर, चौपाया, भौतिक क्षति, सरकारी बिध्यालय, झलुंगे पुल, लगायत विभिन्न संरचना पहिरोमा परी क्षति भएको जानकारीमा आएको छ l

दार्चुला जिल्लामा भएको क्षतीमा वाईसीएलले केन्द्रीय पदाधिकारीबाट आर्थिक संकलन गरि सहयोगको लागी  सहभागी हुन् अपिल गरेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =