भदौ २६ दार्चुला ! नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपाल बाढीपहिरो पिडितलाई सहयोग गर्न राहत सामग्री सहित दार्चुला प्रस्थान गरेको छ l
वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पाली द्वारा शनिवार एक निर्देशन जारी गर्दै दार्चुला जिल्ला कमिटि, सुदुरपश्चिम प्रदेश कमिटि, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटि सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्दार कार्यमा सक्रियताका साथ लाग्न निर्देसन जारी गरेका थिए l साथै बाढीपहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसंग माग गरेका थिए l
दार्चुला जिल्लाको महाकाली नगरपालिका लासुखोला बाङ्ग बगर र नौगाड गाऊँपालिकामा भिषण बर्षापछि आएको बाढीले निम्त्याएको जनधनको क्षति पछि राहत वितरणका लागि वाईसीएल नेपाल केन्द्रीय कार्यालय र सुदुरपश्चिम प्रदेश कार्यालयको तर्फबाट केन्द्रीय सचिब शिव बोगटीको नेतृत्वमा केन्द्रीय सदस्य डबल खाति , बसन्तसिंह कार्की लगायतका प्रतिनिधि सहित आपतकालीन राहात सामाग्रीहरू लिएर धनगढी देखि त्यस तर्फ प्रस्थान गरेको वाइसिएल स्रोतले बताएको छ ।
अझै थप राहातको लागि आबश्यक पहल भैरहेको वाईसीएल महासचिव गणेश शाहीले जानकारी दिएका छन् । गत भदौ ३ देखि ५ गतेसम्म राजधानीमा भएको वाइसिएलको दोस्रो राष्ट्रिय भेलाद्वारा अध्यक्ष सुबोधराज सेर्पलीको नेतृत्वमा तय गरेको नारा “आपत-बिपतमा जनतासंग वाइसिएल” भन्ने प्रमाणित र तथ्यसंगत गराएर छाडीने जिकिर गरे l साथै थप राहत प्याकेज ल्याउने प्रतिबद्दता समेत जाहेर गरे l