Home समाचार वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न

वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न

11
0

धनगढी असोज १० ! नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न भएको छ । वैठकमा भदाै ३-५ मा काठमाडौ  भेलाबाट पारित राजनितिक, आर्थिक तथा समसामयिक विषयहरू अनुमोदन गर्दै सम्पन्न भएको हो ।

बैठकमा केन्द्रिय अध्यक्ष सुबोराज सेर्पाली ले  “सबै युवा वाईसीएल” मा भन्ने नाराका साथ तीन महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान सञ्चालन गर्ने , एक वडा एक कमिटी-एक वडा तीन टोल कमिटी गठन गर्ने, हरेक वडा कम्तिमा १०० सदस्यता वितरण गर्ने, डिजिटल प्रणालीबाट ९ लाख सदस्यता वितरण गर्ने गरी वाईसीएलले देशव्यापी रूपमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्दै आएको र त्यसै अनुरूप अघि बढ्न नेर्दिशन दिनुभएको थियो l

 

उक्त क्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ३ -५ देखि काठमाण्डौमा भएको भेलाको म्यान्डेट अनुरुप आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक प्रदेश एक उत्पादन, एक स्थानीय १०० युवा सम्मिलित श्रम सहकारी, कार्यकर्ता संरक्षण कोष संचालन, मातहतका सबै कमिटीले स्विछिक आर्थिक जम्मा गर्ने, सबै कमिटी आत्मनिर्भर हुने गरि स्वरोजगारमुखी काम गर्ने लगायतका पपुलर कामहरु गर्ने भेलाले निर्णय गरेको सर्कुलर दिदै सुदुरपश्चिम प्रदेश समितिलाई सक्रियाता पुर्वक लाग्न निर्देशन दिनुभएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here