नेकपा एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति उमेदवार सुवासचन्द्र नेम्वाङ

मुख्य राजनीति समाचार

काठमाडौं फाल्गुन १३ ! नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार बसेको एमाले पार्टी सचिवालय बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।
साथै २५ गते हुने राष्ट्रपति चुनावमा नेकपा एमालेले पार्टीको तर्फबाट संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ लाई उमेद्वार बनाउने निर्णय गरेको छ।
साथै एमालेले अझै सरकारको गठबन्धन कायम रहेको बताएको छ ।
बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकार नछाड्ने बताउनु भएको हो। साथै पुस १० गते प्रधानमन्त्री प्रचण्ड सँग भएको सहमति अनुसार नै पहल गरिने जानकारी दिनुभयो । कांग्रेसको आफ्नै उमेद्वार हुने भएकाले कांग्रेस बाहेक अन्य सबै दलहरु संग परामर्श साथै राष्ट्रपतिको लागी पहल गरिने जानकारी दिनुभयो।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 50