जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डलाई बाबुरामको गम्भीर आरोप

मुख्य समाचार

काठमाडौं ! जनयुद्धका उबेलाका  दुइ सारथीहरुबीच घोच पेच हुने सामान्य कुरा त पहिल्यै देखि भएको थियो तर अहिले बाबुराम भट्टराईद्वारा संसद किनबेच गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाइ गम्भीर आरोप लगाएका छन् l उपेन्द्र यादबको नेसपा बिभाजन गरिएको भन्दै बाबुरामले एस्तो आरोप लगाएका हुन् l

उनि भन्छन ” सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला भैरहेको सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान र कानूनको अपव्याख्या र बलात्कार आदि नांगो नाच देख्दा सेतै दाह्रीवाला बुढा मार्क्सले आज आफ्नो जन्मदिन ( मे ५ ) मा ब्रह्माण्डको कुनै कुनाबाट के भनिरहेका होलान् ?”

वलिदानीपूर्ण संघर्ष पछि आफैले संविधानसभा मार्फत संस्थागत गरेको पुरानो संसदीय व्यवस्थाभन्दा माथि उठेको मिश्रित प्रकृतिको प्रतिनिधिसभा र प्रदेशसभाहरूमा संसद किनबेच जस्तो अपराधिक तथा नाङ्गो नाच देखाएको आरोप लगाएका हुन् l

अझ उनि थप्छन “उहिले राजतन्त्रात्मक संसदीय व्यवस्था छॅदा भूमिगत माओवादीको खुला मोर्चा ‘संयुक्त जनमोर्चा’ को तर्फबाट हामी सो व्यवस्थालाई सार्वजनिक भण्डाफेर गर्दै भन्थ्यौं- ‘संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो’।

 

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 4