दुराडाँडामा खुशीयाली, ट्रयाक खुलेको २ दशकपछी सडक कालोपत्रे

समाचार

भरत न्यौपाने

लमजुङ – जिल्लाको ऐतिहासिक थलोको रुपमा परिचित दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडक खण्डमा कालोपत्रे सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा करिब दुई देखि तीन किमि सडक कालोपत्रे गर्ने गरी निर्माण कार्य अगाडि बढेको छ।

सुन्दरबजार, खत्रीठाँटी, खहरे हुँदै सत्रसय देखि बाख्रेजगत सडक खण्ड सम्म कालोपत्रे गर्नका लागि सत्रसयबाट कालोपत्रे थालिएको छ। शहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वय इकाई अन्तर्गत सो योजना स्वीकृत भई काम थालिएको थियो। त्यसका लागि चालु आबका लागि दुई करोड ७४ लाख २० हजार ९७९ रुपैयाँबजेट स्वीकृत भई काम सुरु भएको हो ।

आ ई डी निर्माण कम्पनीले यस सडक खण्डको कालोपत्रे निमार्णको जिम्मा पाएको थियो l कम्पनीले, तोकिएको समयमा नै निर्माण कार्य सक्ने कुरा जानकारी दिएको छ । यस चालु आर्थिक वर्षमा २०००-२५०० मिटर कालोपत्रे हुने निर्माण कम्पनीले जनाएको  छ। कालोपत्रे निर्माणको काम सम्पन्न गर्ने समयावधि यही बैशाख मसान्त रहेको जानकारीमा आएको छ । त्यसैगरि कालोपत्रे गर्न बाँकी रहेको सडक-खण्डको काम पनि छिट्टै अघि बढ्ने स्रोतले बताएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 32